काठमाडौं ।
वैदेशिक रोजगारीका क्रममा सप्तरीका २४ युवाले ज्यान गुमाएका छन् भने ५९४ ठगीमा परेका छन्। आर्थिक वर्ष २०८१\८२ को जेठसम्ममा सप्तरीबाट १७,१२२ जना विदेश गएका छन्, जसमा १६,८९३ पुरुष र २२९ महिला छन्।
मृतकहरु सप्तरीका विभिन्न स्थानीय तहका हुन्। ठगीमा परेकामध्ये २४१ जनालाई न्याय दिलाइएको छ।रोजगारीको अवसर अभावमा युवाहरु विदेशिनु परेको बताउँदै संयोजक राजेन्द्र कुमार यादवले सही जानकारी र सीपसहित मात्र विदेश जानुपर्नेमा जोड दिनुभयो।











प्रतिक्रिया