काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डां शेखर कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय कोइराला परिवारका एक सशक्त पात्र हुन्। चिकित्सा क्षेत्रमा योगदान दिएका कोइरालाले पछिल्लो दुई दशकदेखि सक्रिय राजनीतिमा अग्रणी भूमिका निभाउँदै आएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता डां शेखर कोइरालाले भने राजनीति जनताको सेवाका लागि हो, सत्ताको लागि होइन ।
संघीय लोकतान्त्रिक गणतन्त्र अभ्यासरत नेपालमा परम्परागत राजनीतिक नेतृत्वप्रति आमनागरिकको विश्वास घट्दो छ। बेरोजगारी, भ्रष्टाचार, दण्डहीनता र कुशासनका कारण जनता निराश छन्। यस्तो परिस्थितिमा नेपाली कांग्रेसभित्र नयाँ नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला डां शेखर कोइरालाप्रति कार्यकर्ता तथा आम जनताको अपेक्षा बढ्दो छ।
उनी सुशासन, पारदर्शिता र नेतृत्वको उत्तरदायित्वमा जोड दिन्छन्। आम नागरिकका हितलाई प्राथमिकतामा राख्दै उनले भ्रष्टाचार नियन्त्रण, शिक्षा तथा स्वास्थ्यमा सुधार र युवा पुस्ताको समावेशी भविष्य निर्माण गर्ने पक्षमा आफ्नो अडान राख्दै आएका छन्।
पार्टीको १५औँ महाधिवेशनबाट सभापति पदमा कोइरालालाई निर्विकल्प विकल्पका रूपमा हेरिएको छ। उहाँको निष्कलंक छवि, स्पष्ट विचार र परिवर्तनप्रतिको प्रतिबद्धताले जनसमर्थन हासिल गर्दै गएको देखिन्छ। कोइरालाले कृषि, जलविद्युत, पर्यटन र गुणस्तरीय शिक्षामा आधारित चार सूत्रीय समृद्धि योजना अघि सारेका छन्।
जनताको आशा बोकेर अगाडि बढेका कोइरालाले कांग्रेस पार्टीलाई नेतृत्वको नयाँ युगमा लैजाने सामर्थ्य राख्ने जनविश्वास देखिएको छ।
उनको नेतृत्वमा पार्टीभित्र सुधार र लोकतान्त्रिक मूल्यमा आधारित राजनीतिक संस्कार निर्माण गर्ने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया