बारा ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकै आइतबार राति एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक आपसमा ठोक्किँदा एक चालक घाइते भएका छन्। सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा परी चितवनको भरतपुर–१६ का ३५ वर्षीय चालक अरुण श्रेष्ठ घाइते भएका हुन्।
ट्रकको स्टेरिङमा च्यापिएका श्रेष्ठलाई झ्याल काटेर तीन घण्टापछि उद्धार गरिएको थियो।दुर्घटनामा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ र ना ६ ख ३७६३ नम्बरका ट्रक संलग्न थिए। श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकका चालक हुन्। घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ भने अर्का ट्रकका चालक सामान्य छन्। दुवै ट्रकमा चालकबाहेक अन्य कोही थिएनन्।











प्रतिक्रिया