सिन्धुलीको उज्यालो कमलामाई अभियान, शान्ति सुरक्षामा सुधार


काठमाडौं ।

सिन्धुलीको कमलामाइ नगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो कमलामाइ’ अभियानले स्थानीयवासीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। बजार तथा मुख्य चोकहरूमा जडान गरिएका हाइमास्क लाइटहरूले रातको समयमा शान्ति र सुरक्षामा सहयोग पुगेको विश्वास लिइएको छ।

हालसम्म नगरका मुख्य ६ चोकमध्ये ४ स्थानमा लाइट जडान सम्पन्न भइसकेको र बाँकी २ स्थानमा काम भइरहेको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलर्ले जानकारी दिए। साथै, सडक किनार तथा अस्पताल क्षेत्र, खम्बेचौर लगायतका स्थानहरूमा सोलार बत्ती जडान गरिएको छ। खम्बेचौरलाई खेलकुद मैदानको रूपमा विकास गरिँदै छ।

साथै, नगरपालिकाले शान्ति सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक स्थानहरूमा सिसी क्यामेरा पनि जडान गरिरहेको छ।