काठमाडौं ।
मुगु जिल्लामा लगातार दोस्रो दिन भूकम्प गएको छ। सोमबार बिहान ८:३९ बजे कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि आइतबार दिउँसो २:३४ बजे मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
दुवै भूकम्पका कारण हालसम्म ठूलो क्षतिको विवरण भने आएको छैन।











प्रतिक्रिया