टेरामक्स खरिदमा अनियमितता : पूर्वमन्त्री बस्नेतमाथि विशेष अदालतको शंका, २५ लाख धरौटी तोकियो


काठमाडौं ।

टेरामक्स प्रविधि खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतले पूर्वसञ्चारमन्त्री मोहन बहादुर बस्नेतमाथि संलग्नताको प्रारम्भिक शंका गरेको छ। अदालतले पाँच आधार प्रस्तुत गर्दै बस्नेतसँग २५ लाख रूपैयाँ धरौटी माग गरेको हो।

बस्नेतले कानुनविपरीत नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक कार्यक्रममा नयाँ व्यवस्था थपेको, आन्तरिक छलफलबिनै निर्देशन दिएको र गोपनीयता भंग हुने प्रविधि अघि बढाएको अदालतले औंल्याएको छ।

अख्तियारमा परेको उजुरी, लेखा समितिको निर्देशन र सञ्चालक समितिका सदस्यको बयान पनि आधारका रूपमा प्रस्तुत गरिएको छ।

यस प्रकरणमा हालसम्म १ अर्ब ११ करोडभन्दा बढी खर्च भइसकेको छ।