पूर्वमन्त्री बस्नेतलाई  २५ लाख धरौटीमा छाड्न आदेश


काठमाडौं ।

 पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । विशेष अदालत, काठमाडौंका न्यायाधीशत्रय तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतविरुद्ध उक्त धरौटी मागको आदेश दिएका हुन्।

 टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध अख्तियार दुरूपयोग आयोगले उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। त्यसपछि उनको पद स्वतः निलम्बनमा परेको थियो ।

 कांग्रेस नेता बस्नेत आजै अदालतमा उपस्थित भएका थिए । त्यसको थुनछेक बहसपछिको आदेशमा धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको हो ।