नवलपरासी।
बुटवल -नारायणगढ खण्ड स्थित पूर्व पश्चिम राजमार्गको वैकल्पिक दुम्किबास होङ्सीगेट -पिडेरी सडक अवरुद्ध भएको छ ।
वर्षादका कारण स्थानीय खरङ्गे खोलाको जल सतह बढेपछि यात्रु बस तथा साना सवारीका लागि प्रयोग भईरहेको वैकल्पिक मार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ मधु नेपालका अनुसार खरङ्गेमा जल सतह बढेसंगै तल्लो तटीय भेग विनयी खोलाको डाइभर्सन बगे पछि ठूला माल वाहक सवारीको पनि आवागमन रोकिएको छ ।
प्रहरीले खोलाको बहावलाई मध्यनजर गर्दै यात्रु तथा धनमालको सुरक्षाका लागि सवारीहरूलाई सुरक्षित स्थानमा होल्ड गरी राखेको प्रवक्ता नेपालले बताए ।
अघिल्ला केही दिन घाम लागे पछि खोलाको जल सतह घट्नुका साथै दाउन्नेको हिलो केही कम हुँदा प्रहरीले राजमार्गमा फसेका मालवाहक सवारी पास गर्न विनयीको डाइभर्सन मर्मत गरी सुचारु गरेको थियो भने साना सवारी होङ्सी सडक हुँदै संचालनमा रहेका थिए ।











प्रतिक्रिया