कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु


काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बैठकले सोमबार दिउँसो १ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ।