काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चतरा–कान्छी चोक सडकखण्डमा दुई मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीन जनाको ज्यान गएको छ । शनिबार राति भएको दुर्घटनामा ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो ।
दुर्घटनामा इनर्चनकी श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार रमेश चौधरी गम्भीर घाइते भएका छन् । घाइतेहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।











प्रतिक्रिया