विचलनको अवस्था रहिरहे कम्युनिस्ट आन्दोलनले देखेको सपना पूरा हुँदैन: प्रचण्ड 

1.5k
Shares

भक्तपुर ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाडमछाड भइरहेको बताएका छन् ।भक्तपुरमा आज आयोजित पार्टीका सल्लाहकार स्व.कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभालाई  सम्बोधन गर्दै  अध्यक्ष  प्रचण्डले कम्युनिस्ट आन्दोलनमा समेत विचलन आएको बताए ।पार्टीमा राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको उनले उल्लेख गरे। 

अध्यक्ष प्रचण्डले गएको केन्द्रीय समितिको बैठकमा यो त बढी नै भयो भन्ने समीक्षा गर्दै पार्टीले समाजवादको यात्रामा अगि बढ्ने संकल्प गरेको बताए ।

कम्युनिस्ट पार्टी स्थापना हुँदा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिबद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको बिचार व्यक्त गरे । 

हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आज भोलि त्यसमा खडेरी परेको देखिन्छ उनले भने  ।

अध्यक्ष प्रचण्डले विचलनको अवस्था चलिरहे कम्युनिस्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताए  ।