प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा जाने बारे प्रतिनिधि सभामा जानकारी दिँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जाँदैछन्।

शनिबार प्रतिनिधि सभामा जानकारी दिँदै उनले असार १४ गते साँझ कतार एयरवेजमार्फत दोहा हुँदै स्पेन जाने बताए। भ्रमण टोलीमा २१ जना रहनेछ।

असार १५ गते स्पेन पुगेर दोस्रो दिन सेभिया जाने र त्यहाँ नागरिक समाजको कार्यक्रममा सहभागी हुने छन्। स्पेनका प्रधानमन्त्री तथा नरेशसँग भेटघाट र स्वागत कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम तय गरिएको छ।