काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको कार्यकारिणी समितिको निर्णयअनुसार संघीय सरकारसहित अन्य प्रदेश सरकारलाई दिएको समर्थन पनि पुनर्विचार गर्ने तयारी भइरहेको छ।
जसपा नेपालका नेता प्रकाश अधिकारीका अनुसार अब बस्ने संसदीय दलको बैठकले संघीय सरकारलाई दिएको समर्थनबारे अन्तिम निर्णय लिनेछ।
यदि संघीय सरकारबाट पनि समर्थन फिर्ता लिइएमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहुमतमा असर पर्न सक्नेछ। हाल प्रतिनिधि सभामा जसपा नेपालका ५ सांसद छन्। राष्ट्रिय सभामा पनि सत्तापक्ष अल्पमतमा पर्ने सम्भावना छ, जसले सरकारको कामकाजमा प्रभाव पार्न सक्छ।











प्रतिक्रिया