रास्वपाले संसद् अवरोध आज पनि जारी


काठमाडौं ।

भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदहरू उठेर अवरोधमा उत्रिएका हुन्। रास्वपा जेठ १३ गतेदेखि लगातार संसद् अवरुद्ध गर्दै आएको छ।