मदन भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा : प्रधानमन्त्री ओली


काठमाडौं । ७४औँ मदन भण्डारी जयन्तीको अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई जीवनका लागि सिद्धान्तको मार्गदर्शक बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिएको उल्लेख गरे। जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ।