सिन्धुलीको कमलामाई–१४ मा सार्वजनिक सुनुवाई सम्पन्न


काठमाडौं ।

सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा र अंकपत्र मिडिया ग्रुप प्रा.लि को सहजीकरणमा सम्पन्न कार्यक्रममा नागरिकबाट सेवा, सुविधा, पारदर्शिता र पहुँचसम्बन्धी विभिन्न जिज्ञासा र गुनासा उठाइएका थिए।

कार्यक्रम वडाध्यक्ष राजन न्यौपानेको अध्यक्षता र नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई लगायत शाखा प्रमुख तथा कर्मचारीहरूले जनताको प्रश्नको जवाफ दिँदै तत्काल तथा दीर्घकालीन सुधारको प्रतिबद्धता व्यक्त गरेका थिए।

नगरप्रमुख पोखरेलले पारदर्शिता र जवाफदेहिता स्थानीय तहप्रति विश्वास बढाउने आधार भएको बताए। कनपा–२ र कनपा–१ मा क्रमशः असार १६ र १७ गते सार्वजनिक सुनुवाई हुने जनाइएको छ।