एसईईको नतिजा आजै प्रकाशित हुने सम्भावना, बैठक जारी


काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो ।

केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ । त्यसै विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको हो । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।