कांग्रेस महाधिवेशन समयमै हुन्छ : देउवा


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने स्पष्ट पार्नुभएको छ। चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले केही नेताहरूले विरोध जनाए पनि महाधिवेशन ढिला नहुने बताउनुभयो।

उहाँले बजेटमा रहेको ‘टेक एण्ड पे’ को सामान्य विषय हटेपछि बजेट पास भइसकेको भन्दै त्यसलाई ठूलो रूपमा नबुझ्न आग्रह गर्नुभयो। साथै, गृहमन्त्री भिजिट भिसा प्रकरणमा मुछिएको भन्ने समाचारलाई झुटो भन्दै खण्डन गर्नुभयो।