काठमाडौं ।
काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलमा छानोबाट खसेर एक श्रमिकको मृत्यु भएको छ। रोल्पा माडी–६ घर भएका ४२ वर्षीय अमृत घर्तीमगरको ज्यान गएको हो।
उनी चाइनिज इट्टाभट्टामा काम गर्दै आएका थिए। ट्रस्टको छानोबाट पानी चुहिएकाले प्लास्टिक ओढाउने क्रममा चिप्लिएर खसेको प्रहरी चौकी साँगाका हवल्दार बेलबहादुर श्रेष्ठले जानकारी दिए।











प्रतिक्रिया