काठमाडौं । परराष्ट्रमन्त्री डां आरजु राणा देउवा इटालीको रोम प्रस्थान गरेकी छन्। उनी जुन २८ देखि जुलाई ४ सम्म हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुँदै छन्।
मन्त्री राणाले सम्मेलनका प्रमुख सत्रहरूमा सम्बोधन गर्नेछिन्। नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत, एफएओका लागि स्थायी प्रतिनिधि र सम्बन्धित मन्त्रालयका अधिकारीहरू सहभागी छन्। सम्मेलनपछि उनले मिलान, ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालद्वारा आयोजित कार्यक्रममा पनि भाग लिनेछिन्।











प्रतिक्रिया