संविधान कार्यान्वयन र विवेकशील समाजको खाँचो : पूर्वमहामन्त्री कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डां शशाङ्क कोइरालाले संसद्, संविधान कार्यान्वयन, सुशासन र आर्थिक विकासका विषयमा गम्भीर धारणा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य कोइरालाले शक्तिशाली सरकारलाई सन्तुलित रुपमा अगाडि बढ्न सुझाव दिँदै प्रतिपक्षको भूमिकालाई बेवास्ता नगर्न आग्रह गरे ।

उनले संविधान कार्यान्वयनको सन्दर्भमा केन्द्रबाट प्रदेशमाथि हस्तक्षेप भइरहेको उल्लेख गर्दै साँचो अर्थमा विकेन्द्रीकरणको खाँचो औंल्याए । कोइरालाले भ्रष्टाचार न्यूनीकरणका लागि विवेकशील समाज निर्माण र शिक्षामा नैतिकता समावेश गर्नुपर्ने बताए ।

देशको आर्थिक विकासका लागि कृषि, ऊर्जा र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले बर्दियामा कृषि विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्ताव पनि गरे ।

नेपालमा अझै सम्भावनाहरू प्रशस्त रहेको बताउँदै उनले जनतालाई विवेकपूर्ण र इमानदार नेतृत्व चयन गर्न आग्रह गरे ।