आज चार संसदीय समितिको बैठक, विभिन्न विधेयक र योजनामाथि छलफल


काठमाडौं ।

संघीय संसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छन्। बिहान ९ बजे विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक २०८० माथि दफावार छलफल हुने छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ, जहाँ विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुने छ।

त्यस्तै, बिहान साढे ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कालिगण्डकी–तिनाउ नदी पथान्तरण आयोजना सम्बन्धी छलफल हुने छ।

संसदीय सुनुवाइ समिति (संयुक्त) २०८० को बैठक पनि बिहान ११ बजे बस्नेछ, जसमा उजुरीकर्तासँग छलफल हुने कार्यसूची छ।