काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड अध्यक्ष डां महाश्रम शर्माका अनुसार केही प्राविधिक काम बाँकी रहेकाले आज भित्र वा ढिला भएमा भोलिसम्ममा नतिजा सार्वजनिक हुने संभावना छ।
यस वर्षको एसईई ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ।











प्रतिक्रिया