गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई गाली गरेको अभियोगमा रास्वपाका कार्यकर्ता पक्राउ


काठमाडौँ ।

गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतका व्यक्तिलाई सामाजिक सञ्जाल​मार्फत गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रास्वपा चितवन क्षेत्र नं-३ निर्वाचन क्षेत्रीय सदस्य विष्णु पौडेल रहेका छन् ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले आरोपी पौडेललाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको जानकारी दिए । पक्राउको कारण र थप विवरण विज्ञप्तिमार्फत सार्वजनिक गरिने उनले बताए ।