सिन्धुपाल्चोक ।
सुनकोशी गाउँपालिका–१ देखि ५ नम्बर वडाका किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ३६० वटा मिनिटिलर वितरण गरिएको छ। यस वर्ष गाउँपालिकाले ६६२ वटा मिनिटिलर ल्याएको छ भने बाँकी वडा नम्बर ६ र ७ का किसानलाई केही दिनभित्र वितरण गरिने अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो।
मिनिटिलरका लागि ८ सय भन्दा बढी किसानले आवेदन दिएका थिए, जस मध्ये प्रक्रिया पुरा भएका ६६२ जनालाई मिनिटिलर उपलब्ध गराइने उपाध्यक्ष कान्छी लामाले बताउनुभयो। कृषकले १२ हजार ६४८ रुपैयाँ खर्च गर्दा गाउँपालिकाले समान रकम अनुदान स्वरुप उपलब्ध गराएको छ। बजारमा मिनिटिलरको मूल्य करिब ३० हजारभन्दा माथि रहेको छ।
गाउँपालिकाले यस वर्ष १ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरी कृषि, पशुपालन तथा यान्त्रिक उपकरणमा किसानलाई अनुदान दिँदै आएको छ। यसले किसानहरूको खेतीपातीमा सहजता हुने देखिन्छ। गत वर्ष पनि सयौं मिनिटिलर वितरण गरिएको थियो।
गापा–४ का किसान भूपाल मिजारले मिनिटिलर पाउँदा खुसी व्यक्त गर्नुभयो।











प्रतिक्रिया