लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुने


बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री रमेश लेखक 

काठमाडौं ।

सरकारले लागुऔषध नियन्त्रणलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षदेखि गृह मन्त्रालयअन्तर्गत छुट्टै लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ।

गृहमन्त्री रमेश लेखकले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै विभाग स्थापनाको घोषणा गर्नुभयो। उहाँले लागुऔषध दुर्व्यसन, भण्डारण र ओसारपसारका कारण समाजमा गम्भीर असर परेको भन्दै नियन्त्रणका लागि गृह मन्त्रालयले विभिन्न योजना बनाई कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।

गृहमन्त्रीका अनुसार देशभरका कैदीबन्दीमध्ये ठूलो संख्यामा लागुऔषधसम्बन्धी मुद्दामा परेका छन्। मन्त्रालयमा आफू आउँदादेखि लागुऔषध नियन्त्रणमा विशेष चासो दिइएको पनि उहाँले बताउनुभयो।