तनहुँ ।
तनहुँको दमौलीमा खानेपानी वितरण ठप्प भएपछि स्थानीयवासीहरू कुवा र धारामा लामो लाइनमा बस्न बाध्य भएका छन्। व्यास नगरपालिका–२ र ३ का सर्वसाधारण प्रेम कुवा, पानीघट्टा र पञ्चमन्दिर धाराजस्ता स्थानमा एक गाग्री पानीका लागि बिहानदेखि बेलुकासम्म लाइन लाग्ने गरेका छन्।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी पाइप हटाएर नयाँ जिआइ पाइप जडान गरिरहेकोले पानी वितरणमा समस्या आएको अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण सम्पन्न भएपछि मात्र पानी आपूर्ति नियमित हुनेछ।











प्रतिक्रिया