ललितपुर महाँकालमा खोल्साको बाढीले बगाउँदा एक जनाको मृत्यु


काठमाडौं ।

ललितपुरको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित खोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सविन दाहालको मृत्यु भएको छ।

महाँकाल–६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार, बुधबार साँझ लगभग ७ : ३० बजे आएको बाढीले उनलाई बगाएको थियो।

मृतक दाहालको शव बेलुकी १० बजे खोजी गर्दा फेला परेको थियो। प्रभावित क्षेत्रमा सबै सडक बन्द हुँदा नेपाली सेनालाई खबर गरेर हेलिकप्टर पठाइएको छ।