विष्णुमति खोलामा खसेको कारबाट एक महिला उद्धार


काठमाडौं ।

गएराति करिब १०: १० बजे काठमाडौंको टोखा नगरपालिका ६ स्थित विष्णुमति खोलामा बा प्र ०१ ०३१ च ६१४१ नम्बरको कार खोलामा खसेको थियो। कार सडकबाट खोलामा खस्न लाग्दा चालक ३५ वर्षीय अंकुश सिंह कञ्चनपुरबाट काठमाडौं आएर घटनास्थलमा हामफाले। कारभित्र सवार ३४ वर्षीया भावना ओलीलाई खोलामा बगाइएको अवस्थामा प्रहरीको खोजीपछि बानियाटार पुल नजिक उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

खोलामा खसेको कारलाई राति नै क्रेनको सहायताले निकालिएको थियो। ट्राफिक प्रहरीले कारलाई साइड दिनेमध्ये माटो भासिएर खोलामा खसेको र करिब १.५ किलोमिटर खोलामा बगाएको बताएको छ।प्रहरी घटनास्थलमा करिब ४५ जनाको टोली परिचालन गरिएको थियो।