काठमाडौं ।
सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगंजमा बुधबार राति ८ बजे टिपरले साइकललाई ठक्कर दिँदा २० वर्षीय सचिन साह गुप्ता मृत्यु भएका छन्। उनलाई गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको थियो जहाँ राति ९ बजे चिकित्सकले मृत घोषित गरेका थिए।
टिपर चालक ठक्कर दिएपछि फरार भएको र स्थानीयहरूले तीब्र प्रतिक्रिया जनाउँदै टिपरमा आगजनी गरेका छन्। घटनास्थलमा परिस्थिति नियन्त्रण गर्न ५२ जना प्रहरी खटाइएको थियो। टिपर चालकको खोजी भइरहेको छ।











प्रतिक्रिया