काठमाडौं ।
भारतको उत्तराखण्डमा १६ महिनादेखि अमानवीय रूपमा बन्धक बनाइएका ५७ जना नेपालीको उद्धार गरी कैलाली ल्याइएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो।
पीडितहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर पैसा असुली बन्धक बनाइएको थियो। उद्धारपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ। घटनामा संलग्न तीन जनालाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ।











प्रतिक्रिया