काठमाडौं ।
नेपालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ तथा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त राजनीतिक हस्तक्षेप, भागबन्डा र अयोग्य नेतृत्वविरुद्ध गम्भीर आपत्ति जनाउँदै सरकारलाई समयमै सुधार नगरे कडा आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।
डा. केसीले एक विज्ञप्ति जारी गर्दै नेपालको शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सुधार, समतामूलक पहुँच, सुशासन र सामाजिक न्यायका लागि आफू लामो समयदेखि संघर्षरत रहेको स्मरण गराउनुभएको छ । उहाँले योग्यताको आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्त गर्ने चलन संस्थागत हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
यसैबीच हालैका दिनहरूमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिसहितका पदहरूमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गरिन लागेको समाचारप्रति डा. केसीले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।











प्रतिक्रिया