काठमाडौँ।
नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सस्दय उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि गत पुस १० गतेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गर्दै पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । मंगलबार निलम्बनको ६ महिना पुगेको भोलिपल्ट बसेको बैठकले कारबाही फुकुवा गरेको हो ।
उनीहरूले पार्टी अनुशासनविपरीत काम गरेको एमालेको निष्कर्ष थियो ।











प्रतिक्रिया