महेन्द्रनगरमा डिएपी मल वितरण सुरु, युरिया पर्याप्त, डिएपी अभाव


काठमाडौं ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहमा रासायनिक मल वितरण सुरु गरेको छ। प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९–९० मेट्रिकटन र गाउँपालिकालाई ५५.९ मेट्रिकटन डिएपी मल वितरण गरिनेछ।

कम्पनीलाई भैरहवाबाट ६९८.४ मेट्रिकटन डिएपी प्राप्त हुनेमा हाल २५० मेट्रिकटन प्राप्त भइ वितरण थालिएको छ। हाल कम्पनीसँग १८९.१५ मेट्रिकटन डिएपी, ९७४.४५ मेट्रिकटन युरिया र ७६.५ मेट्रिकटन पोटास मौज्दात रहेको छ। चालु आर्थिक वर्षमा ३८८० मेट्रिकटन डिएपी र ५४५३ मेट्रिकटन युरिया बिक्री भइसकेको छ।

युरिया प्रतिवोरा रु ९४०, डिएपी रु २३९४ र पोटास रु १७९४ मा सहकारीमार्फत बिक्री भइरहेको छ। जिल्लामा युरिया पर्याप्त भए पनि डिएपीको अभाव देखिएको कम्पनीले जनाएको छ।