काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीले असार १३ गते पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको छ। बैठकमा सरकारद्वारा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेट, राजनीतिक प्रशिक्षण, संसद् अधिवेशनमा पार्टीको भूमिका, नेताहरूको जिम्मेवारी हेरफेर र आन्तरिक विवाद समाधानबारे छलफल गरिनेछ।
त्यसैगरी, प्रदेश र जिल्ला कमिटीको सुझावअनुसार विभाग गठन तथा आगामी रणनीतिबारे पनि निर्णय लिइनेछ। पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर मुद्दामा पार्टीको प्रतिरक्षासम्बन्धी अनुसन्धानबारे पनि छलफल हुने जनाइएको छ।











प्रतिक्रिया