भ्रष्टाचारविरोधी अभियन्ता नवराज बोहराले कांग्रेस नेता डां कोइरालासँग गरे भेट


काठमाडौं ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ३१ दिनको पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले नेपाली कांग्रेसका वरिष्ठ नेता डां शेखर कोइरालासँग भेट गरेका छन्।

भेटघाटका क्रममा डां कोइरालाले आफू “सुशासन” र “क्लिन पोलिटिक्स अभियान” को पक्षमा दृढ रहेको बताउँदै बोहराको भ्रष्टाचार विरोधी अभियानप्रति पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए।

नवराज बोहराले मुलुकभरि व्याप्त भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सुर्खेतदेखि काठमाडौंसम्मको पैदल यात्रा गरेका हुन्। उनको यो अभियानले आम नागरिक र राजनीतिक नेताहरूको ध्यान आकर्षण गरिरहेको छ।

भ्रष्टाचारविरुद्धको बोहराको साहसी यात्रा र नेतासँगको संवादले नेपालको राजनीति र नागरिक सचेतनामा नयाँ बहस सुरु गराएको छ।