काठमाडौं ।
प्रतिनिधिसभाको बैठकबाट आर्थिक वर्ष २०८२\८३ का लागि विनियोजन विधेयक पारित भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको विनियोजन विधेयक २०८२ पारित गर्नेसम्बन्धी प्रस्ताव बहुमतले अनुमोदन गरेको हो।
बैठकमा सांसदहरूले बजेटमा प्रस्तावित विभिन्न खर्च शीर्षकमाथि उठाएका २३ वटा खर्च कटौतीका संशोधन प्रस्तावहरू सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा ती सबै अस्वीकृत भएका थिए।
सरकारले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सो बजेट अन्तर्गतका विनियोजनहरू कार्यान्वयनका लागि यो विधेयक आवश्यक मानिएको हो।











प्रतिक्रिया