काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न १ बजे सचिवालय बैठक आयोजना हुने तय गरिएको हो।
बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारीका साथै समसामयिक राजनीतिक विषयवस्तुमा गहन छलफल हुने एमालेले जनाएको छ।
एमालेले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सो महाधिवेशनका तयारी तीव्र बनाउने विषय बैठकको मुख्य एजेन्डामा पर्नेछ।











प्रतिक्रिया