रोल्पा ।
रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित घर्तीमगरको निधनले गाउँपालिका तहमा गहिरो शोक छाएको छ।
उनको निधनपछि थवाङ गाउँपालिकाले आज एक दिने शोक बिदा दिएको छ। गाउँपालिका र क्षेत्रका जनसमुदायले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्।











प्रतिक्रिया