काठमाडौं ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक जारी छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा समसामयिक विषयमा व्यापक छलफल भइरहेको छ।
सरकारले आज प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिरहेको छ। बजेट पारित गर्नुअघि सत्तारुढ दलको बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत प्रमुख नेताहरू सहभागी छन्।











प्रतिक्रिया