ललितपुर।
नेपालमा मृत्यु भएको व्यक्तिको पहिलो पटक मानव अंग प्रत्यारोपण गर्न सफल डा. पुकारचन्द्र श्रेष्ठलाई जनस्तरको तर्फबाट स्यस्यःसमाजले सम्मान गरेको छ ।
मृत्यु व्यक्तिको मानवअंग प्रत्यारोपण विश्वमै दुर्लभ मानिन्छ। नेपालमा पहिलो पटक त्यस्तो दुर्लभ कार्यलाई सफल बनाउन योगदान पु¥याउने डां श्रेष्ठलाई शनिबार ललितपुरको मंगलबजारमा एक समारोहको आयोजना गरी सम्मान गरिएको हो । उनको सो कार्यले मानवअं∙ प्रत्यारोपणमा उल्लेखनीय योगदान पु¥याएको सम्मान गरिएको स्यस्यः समाज ललितपुरका अध्यक्ष नवीनमंगल जोशीले बताए ।
सो अवसरमा डा. श्रेष्ठलाई समाजको तर्फबाट अध्यक्ष नवीनमंगल जोशीले दोसल्ला र ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले खादा ओढाई र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले सम्मानपत्र प्रदान गरे।
सो अवसरमा मन्त्री पाण्डेले नेपाली चिकित्सा क्षेत्रमा डा. श्रेष्ठको योगदान ऐतिहासिक रहेको चर्चा गर्दै जनस्तरबाट उहाँलाई सम्मान गरिएकोमा सराहना व्यक्त गरे ।सम्मान लगतै बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरमा क्यान्सर, ग्यास्ट्रोलोजी लिभिर, अर्थाेपेडिक, जनरल सर्जरी, प्लास्टिक सर्जरी र बर्न, जनरल मेडिसिन र आखाँ र प्याथोलोजी रोगको परीक्षण गरिएको थियो। समाजका सचिव चन्द्रकृष्ण श्रेष्ठका अनुसार सो शिविरमा ४ सय ५० जनाले विभिन्न रोगको परीक्षण गरेका थिए ।
सो शिविरमा डा. रोबिन, डा. दिनेश श्रेष्ठ, डा. तरुण राजभण्डारी, डा सरस श्रेष्ठ, डा. सुदीप अमात्य,डा भरतबहादुर अमात्य,डा अनिश जोशी, मुरारी तथा नेपाल क्यान्सर अस्पताल टिम, मोडेल आई सेन्टर लगायतको अस्पतालका चिकित्सकहरु टोली खटिएको थियो।











प्रतिक्रिया