काठमाडौं ।
गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुल्न सकेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् ।
कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडक अन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिरोले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका थिए ।
सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीन वटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या भइरहेको बताइरहेको छ ।
लामो समयसम्म मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकहरुलाई समस्या परेको छ ।











प्रतिक्रिया