काठमाडौं ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवल नारायणगढ सडक अन्तर्गत नवलपरासीको विनयी खोला र दाउन्ने क्षेत्रमा रातमा गाडी चलाउन रोक लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बुटवल–नारायणगढ सडकमा रातिमा १० घण्टा गाडी चलाउन रोक लगाएको हो । नारायणगढ–बुटवल सडकखण्डमा दिउँसोको समयमा यात्रुबाहक र साना गाडी चलिरहेका छन । बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन पूर्ण रूपमा रोक लगाएको छ ।
अत्यधिक भार भएका गाडी चल्न नदिने निर्णय अनुसार ती गाडी वैकल्पिक मार्गका रूपमा सिद्धार्थ राजमार्ग प्रयोग गर्न सक्ने प्रहरीले जानकारी दिएको छ । निर्माणाधीन दुम्कीवासको विनयी खोला पुलको डाइभर्सन बाढीले बगाएको छ । नयाँ पुल सञ्चालनमा नआएसम्म रातमा यो खण्डमा सबैखाले गाडी चलाउन नपाउने बताएको छ ।
दाउन्ने खण्डमा पनि मर्मत कार्य भइरहेको छ । उता यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड आइतबार र सोमबार दुई दिनरातको समयमा बन्द हुँदैछ । राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने भएको हो ।
बर्खाको बेला बाढी पहिरोले यात्रा जोखिमपूर्ण भएकाले यात्रु र गाडी चालकलाई जोखिम मोलेर यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह समेत गरेको छ ।











प्रतिक्रिया