माइतीघरमा रास्वपाको प्रदर्शन, रजकको परिवारलाई ३ लाख दिने घोषणा


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पार्टी स्थापना दिवसको अवसरमा पार्टीका नेता कार्यकर्ताले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

पार्टीका नेता कार्यकर्ताले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै विभिन्न किसिमका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा रास्वपाले तीनकुने घटनामा मारिएका एभिन्यूज खबरका पत्रकार सुरेश रजकको परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

पार्टी स्थापनाको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज रास्वपाले देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।