अर्घाखाँचीका सीडीओ खरेल हटाइए, गोपालप्रसाद अर्याल नयाँ प्रजिअ


काठमाडौँ।

सहायक सीडीओकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी विरुद्धमा उत्रिएपछि अर्घाखाँचीका सीडीओ वेदप्रसाद खरेल गृह मन्त्रालय तानिएका छन् । कर्मचारीलाई अपशब्द प्रयाेग गर्दै गालीगलाैच गर्ने, निहुँ खाेज्ने जस्ता व्यवाहर देखाएपछि बुधबार ३ घण्टा कर्मचारी आन्दोलनमा उत्रिएका थिए । तर पछि खरेलले माफी मागेपछि आन्दोलन राेकेर कर्मचारी काममा फर्किएका थिए ।

तथापि, कार्यालयकाे वातावरण सहज नभएपछि खरेललाई मन्त्रालयले फिर्ता बाेलाएकाे हाे । उनकाे ठाउँमा भक्तपुरका प्रजिअ गोपालप्रसाद अर्याललाई सरुवा गरेको छ ।