काठमाडौं ।
जल तथा मौसम पूर्वानमान महाशाखाले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बुधबार एक सूचना जारी गर्दै विभागले चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्याधिक वर्षा हुन सक्ने संभावना चिनियाँ अधिकारीहरुले दिएको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।
विभागले भोटेकोशी र सुनकोशी नदी आसपासका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेथी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले पनि विज्ञप्ति जारी गरेर असार ७ गतेसम्म सतर्कता अपनाउन नदी तटीय क्षेत्रका वासिन्दालाई आग्रह गरेका हुन् ।











प्रतिक्रिया