लमजुङ ।
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार मंगलबार रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो ।
पहिरो पन्छाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिएका छन् ।
यस सडकमा बर्सेनि पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीय बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्छन् ।
बर्षायाममा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।











प्रतिक्रिया