खोला तर्दै गरेको ट्याक्टर पल्टँदा एक महिलाको मृत्यु


नवलपरासी। 

पूर्वी नवलपरासीकाे मध्यविन्दु १५ स्थित गिरवारी खोला तर्ने क्रममा ट्याक्टर पल्टँदा स्थानीय ३६ वर्षीय यम कुमारी थनेतकाे मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार ४ जना सवार ना ७ त २९६७ नम्वरकाे सवार  ट्याक्टर सिमरा गाउँ  नजिक खोला तर्ने क्रममा मंगलबार विहान ९ बजे पल्टेको थियो ।

बढेकाे खाेलामा अचानक पल्टेको टेक्टरले च्यापिदा थनेतकाे घटना स्थलमै मृत्यु भएको र अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर चालक मृतक महिलाका श्रीमान् ४२ वर्षीय दाेरन थारुलाई नियन्त्रणमा लिई शवलाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको छ ।