हेटौंडा।
अन्य प्रदेशले धमाधम बजेट सार्वजनिक गरिरहँदा विशेष चासोका साथ हेरिएको बागमती प्रदेशमा बजेटको विषयलाई किचलो भएपछि प्रदेशसभामा बजेट प्रस्तुत हुन सकेकोे छैन । आइतबार दिउँसो ३ बजेलाई निर्धारण गरिएको बजेटको प्रस्तुति विवाद भएपछि बेलुका ७ बजेलाई सारिएको छ । बजेटको आकारका विषयमा किचलो भएको मन्त्रालयस्रोतले जानकारी दिएको छ ।
सत्तासाझेदार दलबीच नै बजेटको सन्दर्भमा एकमत छैन । सत्तासाझेदारबीच करिब ६८ अर्ब हाराहारीमा बजेट बनाउने सहमति भएको थियो । तर, त्यसलाई बढाएर ७२ अर्ब पुर्याउने तयारी भएपछि किचलो सुरु भएको दाबी गरिएको छ । नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले ६८ अर्बको बजेट बनाउने सहमति भएको बताउनुभयो । सहमतिविपरीत बजेटको आकार बढाइएकाले विवाद भएको हो ।











प्रतिक्रिया