ललितपुर।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपालको संस्कृतिसँग जोडिएको हस्तकला क्षेत्रको विकासमा तिनै तहका सरकारको समन्वय हुनु आवश्यक भएको बताएका छन् ।
दोस्रो हस्तकला प्रवर्धन मेला २०८२ को राजधानीको हनुमानढोका दरवारको दाखचोकमा उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।
‘ हस्तकलाबाट बनेका सामानहरु मानव निर्मित कला भएकोले यसमा सर्जकको मानसिकता र सिर्जनको समन्वय हुने भएकोले यसले छुट्टै महत्व राख्छ । त्यसकारण यसको संरक्षण र प्रबद्र्धनमा तिनै तहका सरकारहरुले जिम्मेवारी रहन्छ ।’ उनले भने।
आफ्नो मन्त्रालयले नयां सस्कृति नीति तयार गरिरहेको जनाउँदै मन्त्री पाण्डेले हाम्रो संस्कृतिसँग जोडिएको हस्तकलाको विकासको लागि आवश्यक नियमहरु नीतिमा समावेश गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा बागमती प्रदेशका पूर्व संस्कृति, पर्यटन तथा सहकारी मन्त्री एवं सांसद शैलेन्द्रमान बज्राचार्यले हस्तकलाको नाममा विदेशी सामानले अतिक्रमण भैरहेकोले यसतर्फ सबैले आफ्नो जिम्मेवारी महसुस गरी अतिक्रमण रोक्नु पर्ने बताए ।
सोही अवसरमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले विश्व सम्पदामा सुचीकृत हुन हाम्रा स्मारकमा हस्तकलाको महत्वपूर्ण योगदान रहेको बताए।
बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा सो कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, मेलाका संयोजक होमनाथ उपाध्यायले मेलाको औचित्यबारे केन्द्रित गर्दै आफ्नो धारणा राखे।
सो अवसरमा हनुमानढोका संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले मेलाले सांस्कृतिक संरक्षणमा पार्ने प्रभाव बारे बोलेका थिए ।
बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयको प्रबद्र्धनमा भएको २ दिने प्रदेशस्तरीय हस्तकला प्रबद्र्धन मेला जेष्ठ ३१ गते शनिबारसम्म चल्ने छ ।











प्रतिक्रिया